05, Dec, 2024

चार प्रदेशका केही स्थानमा दसैंमा पानी पर्ने सम्भावना

बागमती भ्वाइस
बागमती भ्वाइस
२३ आश्विन २०८१, बुधबार १३:३६ | १ महिना अगाडी

काठमाडौ । काठमाडौ जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले चार प्रदेशका केही स्थानमा दसैंमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ।

बुधबार दसैं विशेष बुलेटिन जारी गर्दै सप्तमी, अष्टमी/नवमी र दशमीका दिन गण्डकी, बागमती, कोशी र मधेस प्रदेशका केही भू–भागमा हल्कादेखि मध्यम वर्षा हुने प्रक्षेपण गरेको हो।

आगामी असोज २४, २५ र २६ गते कोशी र मधेस लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान गरेको छ।

कोशी र मधेस प्रदेशका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहने महाशाखाले पूर्वानुमान गरेको छ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने देखिएको छ।

दसैंका दिनहरूमा अधिकांश स्थानहरूमा अधिकतम तथा न्यूनतम तापक्रम सरदर भन्दा थोरै घट्ने सम्भावना रहेको देखिएको महाशाखाले बताएको छ।

२३ आश्विन २०८१, बुधबार १३:३६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading