08, Oct, 2024

बाढी पहिरो पीडितहरूलाई तत्काल १० लाख सहयोग गर्न माओवादी दक्षिण एसिया समितिको माग

बागमती भ्वाइस
बागमती भ्वाइस
१६ आश्विन २०८१, बुधबार ११:५७ | ५ दिन अगाडी

काठमाडौँ । नेकपा माओवादी केन्द्र दक्षिण एसिया सङ्गठन समितिले बाढी पहिरोबाट विस्थापित प्रत्येक परिवारलाई १० लाख आर्थिक सहयोग प्याकेज दिन माग गरेको छ ।

समितिले बुधवार विज्ञप्ति जारी गर्दै पीडितहरूको तत्काल उद्धार राहत तथा पुर्नस्थापनाका लागि आर्थिक प्याकेज प्रदान गर्न माग गरेको हो । साथै बाढी पहिरोबाट क्षतिग्रस्त सडक, पुल जस्ता भौतिक संरचना मर्मत गरी यातायात सुचारु गर्न आग्रह गरेको छ ।

राष्ट्रिय सङ्कटको घडीमा देशका प्रधानमन्त्री विदेशमा रमाउनु र पीडितहरूको राहत तथा उद्धारमा उदासीन हुनु खेदजनक रहेको विज्ञप्तिमा उल्लेख छ ।

१६ आश्विन २०८१, बुधबार ११:५७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading