08, Sep, 2024

उच्च बार पाटनको चुनावमा एमाले माओवादी मिले, कांग्रेस र नेकपा एसको बेग्लै गठबन्धन

बागमती भ्वाइस
बागमती भ्वाइस
२२ श्रावण २०८१, मंगलवार ११:०८ | १ महिना अगाडी

ललितपुर । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ नेतृत्वका लागि एमाले र माओवादीनिकट वकिलहरुबीच गठबन्धन भएको छ । उक्त गठबन्धनविरुद्ध कांग्रेस र नेकपा एसनिकट वकिल मिलेर प्यानल घोषणा गरेका छन् ।

आगामी भदौ १ गते हुने निर्वाचनको लागि मंगलवार दुवै प्यानलको उम्मेदवारी मनोनयन दर्ता भएको उच्च बार पाटनका सदस्य राजाराम घिमिरेले जानकारी दिए ।

एमालेनिकट प्रगतिशील कानून व्यवसायी संगठनका तर्फबाट अध्यक्षमा विदुर प्रसाद ढुंगानाको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै कांग्रेसनिकट डिएलएबाट गोपाल श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

उच्च अदालत बार पाटनमा सधैँ एमालेनिकट कानून व्यवसायीले जित्दै आएका छन् । हाल उच्च बारको अध्यक्ष शान्तिराम खतिवडा छन् ।

एमालेले यस पटक माओवादीनिकट सुशीला चौधरीलाई सहसचिव र तिलकबहादुर पाण्डेलाई एक सदस्य दिएर आफ्ना प्यानलमा समेटेको छ । बाँकी सबै पदमा एमालेनिकट वकिलहरूको उम्मेदवारी दर्ता भएको छ ।

एमालेनिकटबाट उपाध्यक्षमा विष्णु ऋषि कोइराला,सचिवमा प्रबल शर्मा र कोषाध्यक्षमा भूपाल बस्नेतको उम्मेदवारी परेको छ ।

त्यस्तै कांग्रेस र समाजवादीबाट उपाध्यक्षमा दुर्गाप्रसाद चिमरिया र सचिवमा देवीप्रसाद शर्मा तथा लक्ष्मी रेग्मीको उम्मेदवारी परेको छ ।

२२ श्रावण २०८१, मंगलवार ११:०८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading