08, Oct, 2024

रास्वपा सांसदको गुनासो, जनताको समस्या बुझ्न सार्वजनिक यातायात चढ्दा खिसीटिउरी गरे

बागमती भ्वाइस
बागमती भ्वाइस
२१ श्रावण २०८१, सोमबार १४:४२ | २ महिना अगाडी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले सार्वजनिक यातायातलाई सुरक्षित र यात्रुमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जनताको समस्या बुझ्न ५ दिन सार्वजनिक सवारीमा चढ्ने अभियान पार्टीले चलाउँदा खिसीटिउरी गरेको गुनासो गरे ।

उनले भने, ‘नागरिकले सास्ती खेपेको एउटा क्षेत्र हो सार्वजनिक यातायात, राज्यका उच्च अंग, तहका उच्च अधिकारीहरूले प्रयोग नगर्ने भएकाले होला सार्वजनिक यातायातको सुधारमा उनीहरूको चासो छैन । न सहज सेवा न सुरक्षा न यात्रुमैत्री व्यवहार, दुर्घटनाको दर र मृत्युमा पनि विभेद यस्तो लाग्छ सार्वजनिक यातायात चढ्ने यात्रुप्रति राज्यको कुनै दायित्व नै छैन ।’

नागरिकले भोग्दै आएको समस्या प्रत्यक्ष बुझ्न आफ्नो केन्द्रीय सदस्य र सांसदहरूलाई पाँच दिन सार्वजनिक यातायातमा यात्रा गर्न प्रस्ताव गरेको नेपालीको भनाइ थियो ।

उनले थपे, ‘जनताबीच गएर उनीहरूको समस्या बुझ्छौं र समाधानको योजना दिन्छौं भनेर सुरू गरेको अभियानलाई कतिपयले खिसीटिउरीको विषय बनाएका छन् ।’

२१ श्रावण २०८१, सोमबार १४:४२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading