वि.सं.२०८१ चैत ६ बुधवार

इरानमा हमास प्रमुखको हत्या : इजरायली हात भएको हमासको आरोप

एजेन्सी । प्यालेस्टानी हतियारधारी समूह हमासका प्रमुखको इरानमा हत्या भएको छ ।

इरानको आफ्नो आवास क्षेत्रमा बसिरहेको अवस्थामा उनको हत्या भएको रुसी विश्व च्यानल आरटीले बताएको छ ।

आरटीका अनुसार हमासका राजनीतिक प्रमुख इस्माइल हानिएको हत्यामा इजरायली हात भएको आरोप लागेको छ । तर, इजरायलले यसको कुनै औपचारिक पुष्टि गरेको छैन ।

इस्माइलको मङ्गलवार बिहान हत्या गरिएको बताइएको छ ।

मूलतः कतारमा बस्दै आएको इस्माइली इरानी राष्ट्रपति मासुद पेजेस्किआनको पदभार ग्रहणको समयमा इरान पुगेका थिए ।

इरानले हत्याको अनुसन्धान भइरहेको बताएको छ ।