08, Oct, 2024

प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइमा पत्रकारलाई प्रवेश दिइएन

बागमती भ्वाइस
बागमती भ्वाइस
९ श्रावण २०८१, बुधबार १४:४३ | २ महिना अगाडी

काठमाडौं । संसदीय सुनुवाइ समितिमा निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको सुनुवाइ गोप्य राखिएको छ ।

बुधबार सुनुवाइ समितिमा प्रधानले आफ्नो कार्ययोजना सुनाएपछि सांसदहरुसँगको प्रश्नोत्तर भने गोप्य राखिएको हो ।

कार्ययोजना प्रस्तुत गर्दा समिति बैठकमा रिपोर्टिङका लागि पत्रकारलाई प्रवेश दिइएको थियो भने त्यसपछि प्रश्नोत्तरका क्रममा भने पत्रकारलाई बाहिर पठाइएको हो ।

प्रधानमाथि एक महिलाले आफूलाई यौन दुव्र्यवहार गरेको आरोप लगाएकी छन् । संसदीय सुनुवाइ समितिमा उजुरी नै दिएकी उनीसँग समितिका सदस्यहरुले छलफल गरिसकेका छन् ।

कार्ययोजना प्रस्तुतिका क्रममा प्रधानले मिलिसकेको विषयमा आफूलाई केही व्यक्तिले लाञ्छना लगाएको टिप्पणी गरेका थिए ।

९ श्रावण २०८१, बुधबार १४:४३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading