16, Jul, 2024

अवरुद्ध राजमार्ग खुलाउने उपकरण दिन सदस्यलाई महासंघको आह्वान

बागमती भ्वाइस
बागमती भ्वाइस
२३ असार २०८१, आईतवार १६:१६ | १ हफ्ता अगाडी

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले देशभर अवरुद्ध राजमार्ग तथा बाटोघाटो सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई आवश्यक पर्ने यन्त्र-उपकरण उपलब्ध गराउन आफ्ना सदस्यहरूलाई आह्वान गरेको छ ।

आइतबार एक विज्ञप्ति जारी गर्दै महासंघले भनेको छ, ‘विपद्को यस घडीमा देशभरिका अवरुद्ध राजमार्ग तथा बाटाघाटा सुचारु गर्न सम्बन्धित सबै निकायलाई आ-आफ्ना यन्त्र-उपकरण उपलब्ध गराई सहयोग गर्न निर्माण व्यवसायीलाई अपिल गर्दछ ।’

बाढी तथा पहिरो प्रभावित नागरिकको राहत र उद्धारमा सक्रिय हुन समेत महासंघले अपिल गरेको छ ।

पहिरो र बाढीले विभिन्न आयोजनामा समेत क्षति पुगेको भन्दै महासंघले सरकारसँग राहतको अपिल समेत गरेको छ ।

२३ असार २०८१, आईतवार १६:१६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading