22, Jul, 2024

राष्ट्रपति रामचन्द्र पौडेलले गरे जगन्नाथ रथयात्रा शुभारम्भ

बागमती भ्वाइस
बागमती भ्वाइस
२३ असार २०८१, आईतवार १५:४७ | २ हफ्ता अगाडी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ (इस्कोन) द्वारा आयोजित जगन्नाथ रथयात्रा महोत्सवको शुभारम्भ गरेका छन् ।

राष्ट्रपति पौडेलले कमलादीस्थित नेपाल प्रज्ञा-प्रतिष्ठान परिसरमा आज आयोजित एक समारोहमा महोत्सवको शुभारम्भ गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले भगवान् जगन्नाथको पूजाअर्चना गरे ।

इस्कोनले प्रत्येक वर्ष आषाढ शुक्ल द्वितीयाका दिन काठमाडौंमा रथयात्रा गर्दै आएको छ । द्वापरयुगमा गोपिनीहरूले द्वारकाबाट श्रीकृष्णलाई रथयात्रा गरी वृन्दावन लगेको सम्झनामा नेपालमा सन् १९७७ देखि यो यात्रा गर्न थालिएको इस्कोनका सचिव रुपेश्वर गौरवदासले बताए ।

आजका दिन नेपाललगायत १६५ देशमा रथ यात्रा आयोजना गरिएको उनको भनाइ छ ।

२३ असार २०८१, आईतवार १५:४७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading