22, Jul, 2024

ब्राउन सुगरको कारोबार गरिरहेका दुई युवा कीर्तिपुरको मन्दिरबाट पक्राउ

बागमती भ्वाइस
बागमती भ्वाइस
१९ असार २०८१, बुधबार १५:०९ | २ हफ्ता अगाडी

काठमाडौं । कीर्तिपुरको एक मन्दिरबाट ३४.४० ग्राम ब्राउन सुगरसहित दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम फाकफुकथुङ गाउँपालिका-५ का २१ वर्षीय राजकुमार सुनुवार र २१ वर्षकै मनिराज मुखिया छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई जाल्पादेवी मन्दिरको हाताभित्रबाट पक्राउ गरेको हो । उनीहरूमाथि लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम प्रहरी वृत्त कीर्तिपुरबाट अनुसन्धान भइरहेको छ ।

१९ असार २०८१, बुधबार १५:०९ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading