20, Jun, 2024

यूएईविरुद्धको खेलमा साउदी अरबमा रहेका नेपालीलाई प्रवेश निःशुल्क

बागमती भ्वाइस
बागमती भ्वाइस
२४ जेष्ठ २०८१, बिहीबार १६:१४ | २ हफ्ता अगाडी

दम्माम। विश्वकप छनोटअन्तर्गत बिहीबार साँझ नेपाल र यूएईबीच हुने खेलमा दर्शकलाई प्रवेश निःशुल्क गरिएको छ।

साउदी अरब फूटबल संघको समन्वयमा साउदी अरबमा रहेका नेपाली दर्शकले खेल निःशुल्क अवलोकन गर्न पाउने नेपाली टिमका म्यानेजर उत्तमराज भण्डारीले जानकारी दिए।

यो खेल दम्मामस्थित प्रिन्स मोहम्मद बिन फहद रङ्गशालामामा खेल नेपाल समयअनुसार राति पौने १० बजे सुरु हुने छ।

नेपाली दर्शकको उल्लेख्य उपस्थितिका लागि साउदी अरबस्थित नेपाली दूतावास र नेपाली संघसंस्थाहरुले समन्वय गरिरहेका छन्।

केही हजार नेपाली दर्शक रंगशाला आउने अपेक्षा गरिएको छन्।

२४ जेष्ठ २०८१, बिहीबार १६:१४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading