वि.सं.२०८२ असार ३० सोमवार


skip this manthali

नेपाली बजारमा मंगलबार सुनको मूल्य फेरि पुग्यो ऐतिहासिक उचाइमा, आज कतिमा हुँदैछ कारोबार?

काठमाडौ । काठमाडौ नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।

लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

यसअघि गत जेठ १८ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।

उक्त दिन सुन प्रतितोला एक लाख ४२ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

आज सुन प्रतितोला एक लाख ४२ हजार सात सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला पाँच सय रूपैयाँ बढी हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

सोमबारको तुलनामा भने मंगलबार सुनको भाउ प्रतितोला एक हजार सात सय रूपैयाँ बढेको हो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ।

सोमबार प्रतितोला १८ सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १८ सय ६० रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ४९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।