काठमाडौं । त्रिभुवन विमानस्थलको धावनमार्गमा खाल्डो देखिएपछि पौने घण्टा उडान बन्द भएको छ ।
विमानस्थलको धावनमार्गको कोटेश्वर (०.२) भागमा पीचको पाप्रो उप्किएको भेटिएपछि ४५ मिनेट उडान रोकिएको प्रवक्ता सुवास झाले बताए । अवतरणको तयारीमा रहेका केही विमानलाई केहीलाई आकाशमै र केहीलाई अन्यत्र डाइभर्ट गराइएको थियो ।
प्राविधिक टोलीसहितबाट खाल्डो पुरेर सुकेपछि उडान सुचारु गरिएको हो ।