वि.सं.२०८१ फागुन ४ आइतवार

साताको अन्तिम दिन अर्थात् शुक्रबार नेपाली बजारमा हालसम्मकै उच्च विन्दुमा पुगेर घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच?

काठमाडौ । काठमाडौ साताको अन्तिम दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।

अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला एक हजार छ सय रूपैयाँ बढेर हालसम्मकै उच्च विन्दमा पुगेको सुनको मूल्य यसदिन प्रतितोला सात सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३९ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार छ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार तीन सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ।

बिहीबार प्रतितोला १८ सय ५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १८ सय रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ८३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Untitled