वि.सं.२०८२ जेठ १० शनिवार

वैदेशिक रोजगारीमा लगाइदिने भन्‍दै अनलाइनमार्फत रकम ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा लगाइदिने भन्‍दै अनलाइनमार्पत रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखाको गण्डकी गाउँपालिका-८ घर भई हाल कुलेश्वर हाइटमा बस्‍ने २८ वर्षीया सुनिता गुरूङ रहेकी छिन् ।

उनलाई प्रहरीले कुलेश्वर हाइटबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई ठगी सम्बन्धी कसूरमा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको छ ।

उनले सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाएर वैदेशिक रोजगारीका लागि जापानमा चप्पल कारखाका, माछा प्याकिङ र कलम फ्याक्ट्रीमा आकर्षक तलब दिने गरी काम मिलाइदिने भन्‍दै विभिन्न व्‍यक्तिबाट ४७ लाख ६८ हजार ७१६ रुपैयाँ ठगी गरेको प्रहरीको आरोप छ ।