18, May, 2024

प्रधानमन्त्रीलाई भेटेपछि संसद खुलाउन कांग्रेस सकारात्मक, संसदीय दलको बैठकले निर्णय गर्ने

बागमती भ्वाइस
बागमती भ्वाइस
१ जेष्ठ २०८१, मंगलवार ०८:३५ | ३ दिन अगाडी

काठमाडौं । नेपाली कांग्रेसले संसद अवरुद्ध खुलाउने विषयमा संसदीय दलको बैठकपछि निस्कर्षमा पुग्ने बताएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर कांग्रेसले सदन खुलाउन सकारात्मक भएको हो ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेट्न कांग्रेस महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री दाहालसँगकाे भेटमा प्रधानमन्त्रीले आज संघीय संसदकाे दुबै सदनमा राष्ट्रपति रामचन्द्र पाैडेलले सम्बाेधन गर्ने भएकाले संसद अवराेध नगरिदिन अनुराेध गरेका थिए । प्रधानमन्त्रीले सहकारी ठगी प्रकरणमा समस्या समाधानकाे लागि पहल गरिरहेकाे आश्वासन दिएपछि कांग्रेस अवरुद्ध सदन खुलाउन सकारात्मक भएकाे प्रमुख सचेतक रमेश लेखकले बताए ।

प्रधानमन्त्रीसँग छलफलपछि बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले गरेकाे अनुराेधकाे विषयमा संसदीय दलकाे बैठक बसेर निस्कर्षमा पुग्ने उनले बताए ।

उनले भने,’ प्रधानमन्त्रीले बोलाउनुभएको थियो । प्रधानमन्त्रीले मुलत दुई वटा कुरा भन्नुभएको छ। एउटा कुरा उहाँले जुन समस्या छ सहकारी ठगीकाे समस्या मैले पुरै कोशिस गरिराखेको छ । समाधान गर्छु भन्नुभएकाे छ । आज संघीय संसदकाे दुबै सदनमा राष्ट्रपति रामचन्द्र पाैडेलकाे सम्बोधन हुने भएकाले राष्ट्रपतिको सम्बोधनलाई तपाईहरुले अवरोध नगरीदिनुपर्यौ । म समस्या समाधानको लागि परेको उहाँले भन्नुभएको छ । हामीले उहाँले भनेको कुरालाई संसदीय दलको बैठकमा छलफल गरेर हामी निस्कर्ष र निर्णयमा पुग्छौं भनेर भनेका छौं । नेपाली का्रग्रेसले राष्ट्रपतिको सम्बोधनलाई अवरोध व्यवधान नगर्न सहयोग गर्नुहोस् भन्नुभयो । अर्को समस्या समाधानको लागि छलफल गर्छु भन्ने उहाँको अभिप्राय देखिन्छ । हामी यसलाई व्यवहारमा देख्न चाहान्छौं । ‘

१ जेष्ठ २०८१, मंगलवार ०८:३५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading