वि.सं.२०८२ जेठ ३० शुक्रवार


skip this manthali

सहकारी ठग बचाउन जोसुकै नेता र पार्टी लागे पनि कांग्रेस आफ्नो अडानबाट पछि हट्दैन : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसको सरकारको नीति तथा कार्यक्रम संसदमा पेस हुन नदिने संकेत गरेको छ ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगीमा संलग्न उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई कारबाही नहुँदासम्म पछि नहट्ने बताए ।

सहकारी प्रकरणको छानबिन गर्ने सम्बन्धमा आफूहरुको अडान कायमै रहेको उल्लेख गर्दै उनले भने, ‘सहकारीका ठगलाई कारबाही नगर्दासम्म हामी पछाडि हट्दैनौँ । नीति तथा कार्यक्रमका विषयमा सरकारले जान्ने कुरा हो !’

सोमबार धुम्बाराहीमा बसेको पार्टी पदाधिकारी बैठकपछि कुरा गर्दै लेखकले सहकारीबाट लाखौँ मान्छेलाई ठगी गर्नेलाई जोगाउन जुनसुकै पार्टी र नेता लागे पनि कांग्रेस पछि नहट्ने बताए ।

उनले भने, ‘लाखौँ गरेका मान्छे सहकारीबाट ठगिएका छन् । सहकारीका ठग बचाउनका लागि जो सुकै पार्टी र जो नेता लागे पनि हाम्रो पार्टी पछि हट्दैन ।’