18, May, 2024

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग २ घण्टा बढी दलका नेता र प्रमुख सचेतकको संवाद

बागमती भ्वाइस
बागमती भ्वाइस
२३ बैशाख २०८१, आईतवार ०९:११ | १ हफ्ता अगाडी

कैलाली । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र रावल र प्रमुख सचेतक सुरेन्द्र पालले २ घण्टा बढी संवाद गरेका गरेका छन् ।

हिजो राती ओली निवास बालकोटमा १० बजेदेखि राति करिब १२ बजे पछिसम्म उनीहरूबीच समसामयिक विषयमा छलफल भएको थियो । बझाङको उपनिर्वाचनमा एमाले उम्मेदवारलाई विजयी बनाउने गरि अभियान चलाएकोमा रावललाई ओलीले धन्यवाद दिएका थिए ।

रावल बझाङ जिल्ला इन्चार्ज हुन् । अध्यक्ष ओली सुदूरपश्चिम प्रदेश सरकारको अवस्था र विश्वासको मतका विषयमा बढी गम्भीर देखिएका थिए । उनले तत्काल विश्वासको मत दिने विषयमा हतार नगर्न पनि एमाले सांसदहरुलाई निर्देशन दिए ।

बझाङबाट निर्वाचन एमाले सांसद दमन भण्डारीको बुवाको निधन भएको १५ दिन पनि नभएको भन्दै त्यो भन्दा पहिले विश्वासको मतको विषयमा हतार गर्न आवश्यक नरहेको ओलीले बताएका थिए ।

‘अहिले विश्वासको मतको लागि हतार गर्नुपर्ने अवस्था छैन’ओलीको निर्देशन उदृत गर्दै संसदीय दलका नेता रावलले भने, ‘एमालेबाट निर्वाचित सांसदले शपथ गर्नु भएको छैन । बाँकी छलफल र परामर्श बाँकी छ अहिले किन हतार गर्नुपर्छ भन्नुभयो ।’

अध्यक्ष ओलीले यस अघि प्रदेश संसदीय दलले लिएको अडान अनुसार नै विश्वासको मतको लागि हतार नगर्ने गरि सुझाव र निर्देशन दिएको रावलले बताए । अध्यक्षले ओली यस विषयमा प्रदेशमा छलफल र संवाद गर्न रावललाई नै भनेका छन् ।

अध्यक्ष ओलीसँग भेट हुनु भन्दा पहिले महसचिव शंकर पोख्रेलसँग पनि सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता रावल र प्रमुख सचेतक पालले छलफल गरेका थिए । अध्यक्ष ओली र महासचिव पोख्रेलबीच पनि संवाद भएको थियो ।

२३ बैशाख २०८१, आईतवार ०९:११ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading