20, Jun, 2024

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध दुईवटा नागरिकता लिएको उजुरी दर्ता

बागमती भ्वाइस
बागमती भ्वाइस
१७ बैशाख २०८१, सोमबार ११:४३ | १ महिना अगाडी

काठमाडौं । धनुषा जिल्ला प्रहरी कार्यालयमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको नागरिकता कीर्ते रहेको भन्दै उजुरी दर्ता भएको छ । सर्लाहीका इन्द्रजीतप्रसाद महतोले सिरोहियाको दोहोरो नागरिकता छानविनको माग गर्दै जाहेरी दर्ता गराएको जिप्रका धनुषाले जनाएको छ ।

विभिन्न निकायमा पेस भएको सिरोहियाको नागरिकता नम्बर फरक-फरक रहेको जाहेरीमा उल्लेख छ ।

प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जाहेरी आएको पुष्टि गर्दै आवश्यक प्रक्रिया थालिने बताएका छन् ।

१७ बैशाख २०८१, सोमबार ११:४३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading