20, Jun, 2024

बझाङमा दुई पालिकाको मत गन्न बाँकी, एमाले र कांग्रेसबीच तीव्र प्रतिस्पर्धा हुदा ८३ मतले कांग्रेस अगाडि

बागमती भ्वाइस
बागमती भ्वाइस
१७ बैशाख २०८१, सोमबार १०:३१ | १ महिना अगाडी

कैलाली । बझाङमा एमाले र कांग्रेसबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । पछिल्लाे परिणामअनुसार कांग्रेस उम्मेदवार अभिषेक सिंहले ८३ मतले लिड गरिरहेका छन् । सिंहले ९ हजार १६७ मत ल्याउँदा एमाले उम्मेदवार दमन भण्डारीले ९ हजार ८४ मत पाएका छन् ।

अहिलेसम्म माओवादीका उम्मेदवार जनक बुढाले ३ हजार ५३५ र नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २ हजार ४२७ मत पाएका छन् ।

हालसम्म जयपृथ्वी नगरपालिका, खप्तड छान्ना, छविसपाथिभेरा, थलारा, सुर्मा र मस्टाको गणना सकिएको छ भने अब साइपाल र तलकोटको गणना हुन बाकी छ । अहिले तलकोटको वडा नम्बर १ को गणना हुँदै छ ।

१७ बैशाख २०८१, सोमबार १०:३१ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading