वि.सं.२०८२ जेठ १० शनिवार

नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित, टस पनि हुन सकेन

काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाल प्रभावित भएको छ।

ओमानको अल अमारतमा नेपाली समयअनुसार पौने १२ बजे खेल सुरु हुनुपर्ने थियो । तर वर्षाका कारण अहिलेसम्म टस हुन सकेको छैन । नेपालले अघिल्ला दुवै खेल जितेको थियो भने हङकङले एक जित र एक हारको नतिजा निकालेको छ ।