01, May, 2024

५ बुँदे माग राख्दै दोश्रो पटक आमरण अनसन बसे किसान श्रीराम घिमिरे

बागमती भ्वाइस
बागमती भ्वाइस
२ बैशाख २०८१, आईतवार १३:२० | २ हफ्ता अगाडी

काठमाडौं । युवा किसान श्रीराम घिमिरे दोश्रो पटक आमरण अनसन बसेका छन् । घिमिरे दोश्रो पटक रत्नपार्कको शान्तिबाटिकामा ५ बुँदे माग राख्दै आमरण अनसन बसेका हुन् ।

घिमिरेले कृषि क्षेत्रमा कुल बजेटको १० प्रतिशत विनियोजन गर्नुपर्ने, कृषिजन्य उत्पादनको समर्थन मूल्य निर्धारण गरि उत्पादनमा आवश्यक मल, बिउ, विजन र औजारहरुको पूर्ण अनुदानमा व्यवस्था गर्नुपर्ने, प्रोजेक्टको आधारमा ५० लाख सम्म १ प्रतिशत व्याजदरमा ऋणको व्यवस्था गर्नुपर्ने, अनुदानलाई भुमि र भाडामा यातायातको सर्वशुलभता किसान कार्डको आधारमा दिनुपर्ने र पुर्व पश्चिम नहर निर्माण अविलम्ब सुरु गर्नुपर्ने मागसहित अनसनमा बसेका छन् ।

यसअघि गत वर्ष बैसाख ५ गते पनि घिमिरे आमरण अनशनमा बसेका थिए । त्यसपछि राष्ट्रिय मानव अधिकार आयोगले श्रीराम घिमिरेको जीवन रक्षा गर्न विज्ञेप्ती जारी गर्दै आग्रह गरेको थियो ।

२ बैशाख २०८१, आईतवार १३:२० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading