01, May, 2024

आजको सदनबारे रणनीति बनाउन नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

बागमती भ्वाइस
बागमती भ्वाइस
२ बैशाख २०८१, आईतवार ०८:५१ | २ हफ्ता अगाडी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बैठक केहीबेरबाट संसद भवनस्थित ल्होत्से हलमा बस्न लागेको हो ।

सरकारले संसदको चालू अधिवेशन आज राति १२ बजेबाट अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरिसेकेको छ । आज हिउँदे अधिवेशनको अन्तिम बैठकमा केन्द्रित रही संसदीय दलको बैठक बोलाइएको बताइएको छ ।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानबिन गर्न माग गर्दै कांग्रेसले निरन्तर सदन अवरोध गरिरहेको छ । आजको सदनमा कसरी प्रस्तुत हुने भन्ने रणनीतिबारे संसदीय समितिमा छलफल हुनेछ ।

२ बैशाख २०८१, आईतवार ०८:५१ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading