01, May, 2024

ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा खुलाउन आवश्यक सुरक्षालगायत तयारी पूरा

बागमती भ्वाइस
बागमती भ्वाइस
३० चैत्र २०८०, शुक्रबार १६:२० | २ हफ्ता अगाडी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन व्यवसाय गर्नका लागि आवश्यक सुरक्षा लगायतका व्यवस्था तर्जुमा गरेको जनाएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले वैंशाख १ गतेदेखि काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन २४ सैं घण्टा व्यवसाय सञ्चालन हुने र त्यसका लागि आवश्यक सुरक्षा लगायतका व्यवस्था तर्जुमा गरेको जानकारी दिएका हुन् ।

उनले सो क्षेत्रमा व्यवसाय गर्नका लागि व्यवसायी, उपभोक्ता, श्रमिकहरुले पालना गर्नुपर्ने आचारसंहिता तोकिएको र उक्त आचारसंहिता तथा मापदण्ड स्वीकृत समेत भइसकेको बताए ।

पूर्णकालीन व्यवसायका लागि आचारसंहिता र मापदण्डको पूर्णपालन र कार्यान्वयनका आधारमा त्रुटीरहित र भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको उनको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी बस्नेतले ठमेलको भगवान बहाल क्षेत्रमा स्थानीयको धेरै बसोबास रहेका कारण सो क्षेत्रमा भने तत्काल पूर्णकालीन व्यवसाय गर्न नपाइने जानकारी दिए ।

३० चैत्र २०८०, शुक्रबार १६:२० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading