वि.सं.२०८१ माघ ५ शनिवार

बढ्यो अमेरिकी, अष्ट्रेलियन डलर र पाउण्डको भाउ, अन्य कुन मुद्रा कतिमा हुँदैछ किनबेच?

एजेन्सी । मंगलबार अमेरिकी डलरसँगै अष्ट्रेलियन डलर र पाउण्ड स्टर्लिङको मूल्य बढेको छ।

राष्ट्र बैंकले मंगलबारको लागि सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ३६ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९६ पैसा कायम गरिएको छ।

सोमबार डलर एकको खरिददर १३२ रूपैयाँ ३१ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९१ पैसा कायम थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा ५ पैसा बढेको हो।

अष्ट्रेलियन डलर एकको खरिदमा भने ८६ रूपैयाँ ९९ पैसा र बिक्रीमा ८७ रूपैयाँ ३८ पैसा पाइन्छ।

सोमबार अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ८१ पैसा र बिक्रीमा ८७ रूपैयाँ २० पैसा तोकिएको थियो।

त्यस्तै, पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६८ रूपैयाँ ६१ पैसा र बिक्रीदर १६९ रूपैयाँ ३८ पैसा तोकिएको छ।

आज युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ३३ पैसा र बिक्रीमा १४४ रूपैयाँ ९८ पैसा तोकिएको छ।

त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ७८ पैसा र बिक्रीमा ९८ रूपैयाँ २२ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ २९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४६ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ २९ पैसा र बिक्रीदर ३५ रूपैयाँ ४५ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ०४ पैसा र बिक्रीमा ३६ रूपैयाँ २१ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रूपैयाँ ०५ पैसा र बिक्रीमा २८ रूपैयाँ १८ पैसा पाइन्छ।

कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ७१ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ६६ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ १२ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ७२ पैसा तोकिएको छ।