28, Apr, 2024

पार्टी कार्यालयमै कुटिए राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ठाकुर मोहन श्रेष्ठ

बागमती भ्वाइस
बागमती भ्वाइस
२७ फाल्गुन २०८०, आईतवार १२:५६ | १ महिना अगाडी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ठाकुर मोहन श्रेष्ठमाथि कुटपिट भएको छ ।

पार्टी कार्यालय, धुम्बाराहीस्थित केन्द्रीय कार्यलयमा अध्यक्ष राजेन्द्र लिंदेनको कार्यकक्षबाट निस्कने क्रममा श्रेष्ठमाथि हातपात भएको हो । लिङ्देनको कार्यकक्षबाट बाहिर निस्किएका उनलाई केही युवाले पछ्याएका थिए । भागेर निस्किन खोजेका उनी ढोकामै कुटिए ।

पछि बुद्धिमान तामाङलगायतका नेताहरुले छुट्याएका थिए । आक्रमण गर्ने को हुन् र किन आक्रमण गरेका हुन् भन्ने नखुलेको एक नेताले बताए ।

२७ फाल्गुन २०८०, आईतवार १२:५६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading