26, Feb, 2024

नेकपा माओवादीको बैठक, प्रचण्डद्वारा अधिवेशनमा मस्यौदा विधान पेश, छलफलका लागि २० समूह गठन

बागमती भ्वाइस
बागमती भ्वाइस
१ फाल्गुन २०८०, मंगलवार १६:३४ | १ हफ्ता अगाडी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विधान अधिवेशनमा मस्यौदा विधान पेश गरेका छन् । प्रज्ञा भवनमा जारी बैठकमा मस्यौदामाथि छलफल गर्नकोृ लागि २० समूह गठन गरेको छ ।

अधिवेशनमा करिब १२ सय प्रतिनिधि सहभागी छन् । पार्टी कमिटी सानो बनाएर व्यवस्थित ढंगले पार्टी चलाउने लक्ष्यका साथ माओवादीले विधान अधिवेशन गरेको हो। अधिवेशन तीन दिनसम्म चल्नेछ ।

बैठकमा पार्टीका नेतृत्व चयन प्रक्रियाको विषयमा बहस भइरहेको छ । अध्यक्ष प्रचण्डले प्रत्यक्ष निर्वाचनमार्फत पार्टीको सबै कमिटी निर्माण गर्ने प्रस्ताव गरेका पेस गरेका छन् ।

१ फाल्गुन २०८०, मंगलवार १६:३४ मा प्रकाशित