कैलाली । डडेल्धुरामा सिँचाइ योजनामा भ्रष्टाचार गरेको भन्दै एक जनालाई कालोमोसो र चप्पलको माला लगाइएको छ ।
जिल्लाको आलिताल गाउँपालिका–३ का जयसिंह महरलाई आइतबार दिउँसो मोहन वैद्य नेतृत्वको पार्टीका व्यक्तिहरूले कालोमसो दलेको प्रहरीले जनाएको छ ।
२०७८ सालमा निर्माण भएको सिँचाइ योजनामा सचिव रहेका महरलाई भ्रष्टाचार गरेको आरोप लगाउँदै कालोमसो र चप्पलको माला लगाएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीले जानकारी दिए । उनीहरूको खोजी कार्य जारी रहेको उनले बताए ।
महरलाई कालोमसो दलेको भिडियो समेत सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको छ ।