26, Feb, 2024

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बिहान ११ बजेदेखि भृकुटीमण्डमा सुरू

बागमती भ्वाइस
बागमती भ्वाइस
२९ माघ २०८०, सोमबार ०८:४९ | २ हफ्ता अगाडी

काठमाडौ । काठमाडौ नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ।

काठमाडौंको भृकुटीमण्डमा आइतबारदेखि सुरू भएको केन्द्रीय कमिटीको बैठक आज पनि बिहान ११ बजेदेखि सुरू हुनेछ।

केन्द्रीय कमिटी बैठकमा जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको समीक्षा र भोलिदेखि सुरू हुने विधान सम्मेलनबारे छलफल मुख्य एजेन्डा राखिएको छ।

आइतबार प्रदेश इन्चार्जहरूले विशेष रूपान्तरण अभियानको रिपोर्ट प्रस्तुत गरेका थिए।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे पनि छलफल हुनेछ।

२९ माघ २०८०, सोमबार ०८:४९ मा प्रकाशित