26, Feb, 2024

माओवादी नेता गगन पुरी गैह्र कानूनी सम्पत्ति आर्जनमा दोषी ठहर

बागमती भ्वाइस
बागमती भ्वाइस
२९ माघ २०८०, सोमबार ०७:५६ | २ हफ्ता अगाडी

काठमाडौं। माओवादी नेता गगन पुरी गैह्र कानूनी सम्पत्ति आर्जनमा दोषी ठहर भएका छन्।

सम्पत्ति शुद्धीकरण विभागले गगनसहित उनको परिवारका ६ सदस्यविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

देवकुमारी पुरी र मनमाया पुरीले सफाइ पाएका छन् भने कृष्णकुमार पुरी र संगिता पुरीको हकमा सम्पत्ति जफतको फैसला भएको छ।

गगन भन्ने रेवतराज पुरी र सीमा भन्ने केशावती पुरीको हकमा ४ करोड ३ लाख ३४ हजार ८ सय ९४ रुपैयाँ १४ पैसा गैह्र कानुनी सम्पत्ति आर्जन देखिएको छ।

दुवैका हकमा सजाय निर्धारण हुन बाँकी छ। फागुन ६ गते सजाय निर्धारण हुने छ।

२९ माघ २०८०, सोमबार ०७:५६ मा प्रकाशित