16, May, 2024

रामग्राम क्षेत्रसँग सम्बन्धित सम्झौता खारेज गर्न लेखा समितिले दियो सरकारलाई निर्देशन

बागमती भ्वाइस
बागमती भ्वाइस
२८ माघ २०८०, आईतवार १६:१० | ३ महिना अगाडी

काठमाडौ । काठमाडौ प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले रामग्राम क्षेत्रसँग सम्बन्धित सम्झौता खारेज गर्न सरकारलाई निर्देशन दिएको छ।

समितिको आइतबारको बैठकले रामग्राम क्षेत्रसँग सम्बन्धित सम्झौता आजकै मितिदेखि लागू हुने गरी खारेज गर्न निर्देशन दिएको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए।

पश्चिम नवलपरासीको ‘रामग्राम’ क्षेत्र विकासको जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का घरबेटीलाई दिन लुम्बिनी विकास कोष सहमत भएको थियो।

रामग्राम गौतम बुद्धको अस्थिधातु राखिएका आठ स्थलमध्ये एक मानिन्छ।

कोषले केही समयअघि परियोजना तयार गरी रामग्राम क्षेत्रलाई पर्यटकीय स्थलका रूपमा विकास गर्न प्रधानमन्त्री प्रचण्डका घरधनी शारदाप्रसाद अधिकारीका छोरा निकेश अधिकारीको निर्माण कम्पनी ‘प्रमिस्ड ल्यान्ड’ लाई दिन सैद्धान्तिक सहमति प्रदान गरेको थियो।

लेखा समितिले यसमा सं‌लग्नमाथि अनुसन्धान गर्न पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई निर्देशन दिएको छ।

रामग्राम परियोजनामा स्थानीयको करिब ११६ बिघा जग्गा अधिग्रहण गरी संरचना निर्माण गर्न प्रमिस्ड ल्यान्डलाई दिने सहमति छ।

२८ माघ २०८०, आईतवार १६:१० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading