14, May, 2024

नवलपरासीको चोरघोल नजिकै गएराती अज्ञात समूहको गोली प्रहारबाट एक जना सुनचाँदी व्यवसायी घाइते

बागमती भ्वाइस
बागमती भ्वाइस
२१ माघ २०८०, आईतवार ०८:२७ | ३ महिना अगाडी

रुपन्देही । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-१६ केराबारीस्थित चोरघोल नजिकै गएराती अज्ञात समूहको गोली प्रहारबाट एक जना सुनचाँदी व्यवसायी घाइते भएका छन् ।

गोली प्रहारबाट बर्दघाट नगरपालिका घर भई सुस्ता गाउँपालिका-१ बरुवामा सुनचाँदी व्यवसायी गर्दै आएका गजेन्द्र विश्वकर्मा घाइते भएका छन् । उनको देब्रे पाखुरामा गोली लागेको छ ।

विश्वकर्मालाई धारिलो हतियारसमेत प्रहार गरेका छन् । उनको देब्रे हातको केही भाग काटिएको छ । पसल बन्द गरेर फर्केको समय भएकोले लुटेरा हुनसक्ने आशंका गरिएको छ ।

गजेन्द्र पसल बन्द गरेर घर फर्कने क्रममा अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ।

घाइते विश्वकर्माको हाल भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको वडाध्यक्ष भीमकाजी गुरुङले जानकारी दिए ।

२१ माघ २०८०, आईतवार ०८:२७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading