26, Feb, 2024

दुई दिनदेखि स्थिर रहेको सुनको भाउ सोमबार बढ्यो, कतिमा हुँदैछ कारोबार?

बागमती भ्वाइस
बागमती भ्वाइस
१५ माघ २०८०, सोमबार ११:५६ | ४ हफ्ता अगाडी

काठमाडौ । काठमाडौ दुई दिनदेखि स्थिर रहेको सुनको भाउ सोमबार भने बढेकाे छ।

आज छापावाल सुनको प्रतितोला तीन सय रूपैयाँले बढेको हाे।

आइतबार प्रतितोला एक लाख १८ हजार रूपैयाँमा कारोबार भएको सुन सोमबार प्रतितोला एक लाख १८ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज तेजावी सुन एक लाख १७ हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य पनि प्रतितोला पाँच रूपैयाँले बढेको छ।

आइतबार प्रतितोला १४ सय रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १४ सय पाँच रूपैयाँमा कारोबार भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस दुई हजार २६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

१५ माघ २०८०, सोमबार ११:५६ मा प्रकाशित