26, Feb, 2024

मन्त्री किराँतीको आक्रोसः सञ्चारमाध्यमले भाइरल हुने र विवाद हुने समाचार लेखेर पारे विवादमा (भिडियो सहित)

Bagmati Voice
संवाददाता
१८ पुष २०८०, बुधबार ०९:५७ | १ महिना अगाडी

काठमाडौं । पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले क्रिस्चियन धर्मको बिषयमा आफ्नो अभिव्यक्तिलाई अतिरञ्जीत गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री किराँतीले क्रिस्चियन धर्मको बिषयमा आफ्नो अभिव्यक्तिलाई तोडमोड गरेर अतिरञ्जीत गरिएको भन्दै आक्रोश व्यक्त गरेका हुन ।

उनले घरमा घन्टी बजाएर छोराछोरीलाई क्रिस्चियनले सञ्चालन गरेको बिद्यालयमा पढाउन खोज्नेले देशको धर्मकोे रक्षा गर्छु भन्दै आफ्नो पुत्ला जलाउने काम गरेको तर्क गरेका छन । मन्त्री किराँतीले क्रिस्चियनको देशमा पठाउन एम्वेसीमा लाइन लाग्न पढाउने, जन्मदिनमा केक काट्नेहरुले नै आफ्नो अभिव्यक्तिको विरोध गरेको बताएका छन ।

त्यस्तै उनले सञ्चारमाध्यमले पनि भाइरल हुने र विवाद हुने कुरामात्रै देखाउने गरेको भन्दै असन्तुष्टि प्रकट गरेका छन ।

१८ पुष २०८०, बुधबार ०९:५७ मा प्रकाशित