25, Apr, 2024

स्वास्थ्य मन्त्रालयले माग्यो आइसोलेसनमा संक्रमितको सेवामा खटिने स्वयंसेवक

Bagmati Voice
संवाददाता
१६ भाद्र २०७७, मंगलवार ११:२३ | ३ साल अगाडी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइसोलेसन र क्वारेन्टिनमा रहेका कोरोना संक्रमितहरूको सेवामा खटिन इच्छुक स्वयंसेवकलाई आवेदन दिन आह्वान गरेको छ।

संक्रमितहरूको स्वास्थ्य सेवामा स्वेच्छाले खटिने गरी नर्स, चिकित्सक, प्यारामेडिक्स र सेवानिवृत्त भएका अन्य स्वास्थ्यकर्मीलाई आवेदन दिन आह्वान गरिएको मन्त्रालयका प्रशासन विभाग प्रमुख रघुराम बिष्टले जानकारी दिए।

त्यसका लागि इच्छुक स्वास्थ्यकर्मीले मन्त्रालयको वेबसाइटमा गएर तीन दिनभित्र अनलाइन आवेदन दिन सक्नेछन्। मन्त्रालयले स्वयंसेवकको माग संख्या भने तोकेको छैन।

‘पहिले कति स्वयंसेवकले इच्छा देखाउनु हुन्छ भनेर हेर्छौं। त्यसपछि आवश्यकताअनुसार परिचालन गर्छौं,’ बिष्टले भने।

उनले यसअघि पनि मन्त्रालयले स्वयंसेवकको माग गरेकोमा धेरैले इच्छा नदेखाएको बताए।

१६ भाद्र २०७७, मंगलवार ११:२३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading