25, Apr, 2024

स्थानीय तह निर्वाचन : ८१ वर्षमाथिका १७ जना, ४० वर्ष मुनिका १४ हजार निर्वाचित

Bagmati Voice
संवाददाता
१० श्रावण २०७९, मंगलवार १८:३९ | १ साल अगाडी

काठमाडौं । गत वैशाख ३० गते स्थानीय तह निर्वाचनमा ४० वर्ष मुनिका ४१ प्रतिशत युवा निर्वाचित भएका छन् ।

निर्वाचन आयोगले आज सार्वजनिक गरेको विवरणअनुसार ३५ हजार ९७ जना जनप्रतिनिधि निर्वाचित हुँदा ४० वर्ष मुनिका १४ हजार ४४२ जना निर्वाचित भएका हुन् । जुन ४१.१४ प्रतिशत हो ।

विवरणअनुसार सबैभन्दा धेरै ४१ देखि ६० वर्षमा ५२.२७ प्रतिशत अर्थात १८ हजार ३४७ जना निर्वाचित भएका छन् । यस्तै, ६ प्रतिशत ६१ देखि ८० वर्षका व्यक्ति ६.५२ प्रतिशत अर्थात २ हजार २ सय ९१ जना निर्वाचित भएका छन् ।

आयोगका अनुसार ८१ वर्ष माथिका पनि १७ जना व्यक्ति निर्वाचित भएका छन् । जसमा वडा अध्यक्षमा ३ जना, दलित महिला सदस्यमा ४ जना र १० जना वडा सदस्यमा निर्वाचित भएका हुन् ।

१० श्रावण २०७९, मंगलवार १८:३९ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading