23, Apr, 2024

सेना पुगेसँगै साढे ३ घण्टापछि सुचारु भयो बूढीगंगामा मतदान

Bagmati Voice
संवाददाता
४ मंसिर २०७९, आईतवार १३:०८ | १ साल अगाडी

विराटनगर । मोरङको बूढीगंगा १ करैयामास्थित मतदान केन्द्रमा बिस्फोटपछि रोकिएको मतदान पुनः शुरु भएको छ ।

केहीबेरअघि मतदान शुरु भएको मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिए । बिहान साढे ९ बजे मतदान स्थलमा बिस्फोट भएपछि मतदान स्थगित भएको थियो ।

नेपाली सेनाले मतदान स्थल आसपासका क्षेत्रमा सर्च अभियान संचालन गरी भिडलाई हटाएर अवस्था सामान्य बनाएको थियो । त्यहाँ २९५० मतदाता रहेका छन् । खसेको मत रुजू गर्ने काम सम्पन्न भएपछि मतदान शुरु गरिएको प्रजिअ दाहालले बताए ।

४ मंसिर २०७९, आईतवार १३:०८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading