28, Mar, 2024

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल शाहको शपथ ३:३० बजे, दुई मन्त्रीको नियुक्ति आजै

Bagmati Voice
संवाददाता
२७ माघ २०७९, शुक्रबार १३:३३ | १ साल अगाडी

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल शाहले अहिले ३ः३० बजे पद तथा गोपनीयताको शपथ लिने भएका छन् । प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्री शाहलाई शपथ गराउने कार्यक्रम तय भएको हो ।

मुख्यमन्त्री शाहले आजै २ जना मन्त्री पनि नियुक्त गर्ने भएका छन् । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबाट एकएक जनालाई आजै मन्त्री नियुक्त गर्ने तयारी गरिएको हो । को को मन्त्री बन्ने भन्ने अझै पक्का भइसकेको छैन ।

पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त एमाले संसदीय दलका नेता राजेन्द्र रावलले बिहीबार प्रदेश प्रमुख जोशीलाई आफ्नो राजीनामा बुझाएका थिए । संसदबाट विश्वासको मत लिन नसकेपछि रावलले राजीनामा बुझाएका हुन् ।

संविधानको धारा १६८ को ३ अनुसार मुख्यमन्त्री नियुक्त कांग्रेस संसदीय दलका नेता शाहले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।

२७ माघ २०७९, शुक्रबार १३:३३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading