20, Apr, 2024

सिन्धुपाल्चोकका ५ क्याम्पसहरूमा निर्विरोध स्ववियु पदाधिकारीहरू निर्वाचित

Bagmati Voice
संवाददाता
२८ फाल्गुन २०७९, आईतवार ०८:०८ | १ साल अगाडी

सिन्धुपाल्चोक । उम्मेदवारी मनोनयनकै दिन सिन्धुपाल्चोकका ५ क्याम्पसहरूमा निर्विरोध स्ववियु पदाधिकारीहरू निर्वाचित भएका छन् ।

जिल्लाका प्रमुख दुई क्याम्पस चौतारा बहुमुखी क्याम्पस र सुनकोशी बहुमुखी क्याम्पस सहित अन्य क्याम्पसहरूमा सर्वसम्मत रूपमा स्ववियु पदाधिकारी निर्वाचित भएका हुन् ।

चौतारा बहुमुखी क्याम्पसमा अनेरास्ववियु क्रान्तिकारीका अमृत श्रेष्ठ सभापतिमा निर्वाचित भएका छन् । अनेरास्ववियु, नेविसंघ र समाजवादी विद्यार्थी संगठनले अन्य पदहरू लिएर सर्वसम्मत रूपमा स्ववियु निर्वाचित भएको क्याम्पसले जानकारी दिएको छ ।

त्यस्तै सुनकोशी बहुमुखी क्याम्पसमा एमाले निकट अनेरास्ववियुकी हिरा थामी सभापतिमा निर्वाचित भएकी छन् । सो क्याम्पसमा अखिलm क्रान्तिकारी र नेविसंघले अन्य पदहरू लिएका छन् ।

ककलिङ क्याम्पस ठुलोपाखरमा अखिल क्रान्तिकारीका लक्ष्मण घिसीङ सभापतिमा निर्वाचित भएका छन् । त्यस्तै ठोकर्पा सामुदायिक क्याम्पसमा नेविसंघ की सरस्वती जिसी सभापतिमा निर्वाचित भएकी छन् । ति दुवै क्याम्पसमा अनेरास्ववियु लगायतका क्रियाशील सबै विद्यार्थी संगठनका प्रतिनिधिहरू रहेको क्याम्पसहरूले जानकारी दिएका छन् ।

त्यस्तै सिन्धु भ्याली क्याम्पस भोटेचौरमा नेविसघका सुरज चौलागाईं सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।

अरनिको कलेज बाह्रविसे, जुगल बहुमुखी क्याम्पस, अभयानन्द, इन्द्र्रावती भ्याली क्याम्पस, जलविरे भ्याली र पाँचपोखरी क्याम्पसमा भने निर्वाचन हुने छ । अन्य केही क्याम्पसहरूमा समेत सर्वसम्मत रूपमा स्ववियु निर्वाचित गर्नका लागि विद्यार्थी संगठनहरु बिच पहल भइरहेको अनेरास्ववियु सिन्धुपाल्चोकका अध्यक्ष लक्ष्मण सिलवालले जानकारी दिए ।

२८ फाल्गुन २०७९, आईतवार ०८:०८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading