25, Apr, 2024

साताको चौथो दिन बुधवार सुनको मूल्य तोलामा एक हजारले बढ्यो

Bagmati Voice
संवाददाता
२९ चैत्र २०७९, बुधबार ११:०७ | १ साल अगाडी

काठमाडौं । साताको चौथो दिन बुधवार सुनको मूल्य तोलामा एक हजारले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक हजार रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन मङ्गलवार मात्रै प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै तेजाबी सुन पनि बढेर प्रतितोला १ लाख १० हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बुधवार चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ ।

२९ चैत्र २०७९, बुधबार ११:०७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading