24, Apr, 2024

सरकारी सवारी साधनले अनिवार्य रुपमा इम्बोस्ट नम्बर प्लेट राख्नु पर्ने

Bagmati Voice
संवाददाता
८ मंसिर २०७९, बिहीबार १४:५५ | १ साल अगाडी

काठमाडौं । अब सरकारी सवारी साधनले अनिवार्य रुपमा इम्बोस्ट नम्बर प्लेट राख्नु पर्ने भएको छ । यसभन्दा अघि पनि सबै निजी र सरकारी सवारी साधनले इम्बोस्ड नम्बर प्लेट हाल्नु पर्ने निर्णय गर्दा ठूलो विवाद भएर सरकार नै पछि घटेको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपालभर संचालन भएका सम्पूर्ण सरकारी सवारी साधनमा अनिवार्य रुपमा इम्बोस्ट नम्बर प्लेट जडान गर्नुपर्ने निर्णय गरेको हो । सो निर्णय कात्तिक २८ गते गरेको थियो ।

यातायात व्यवस्था विभागले एक सूचना जारी गरि इम्बोस्ट नम्बर प्लेट अनिवार्य जडान गर्न भनेको हो । ‘उच्च सुरक्षा तथा प्रविधियुक्त इम्बोस्ड नम्बर प्लेट जडानबाट सवारी साधनको चोरी निकासी, राजस्व छली र अपराधिकरण नियन्त्रण हुने देखिन्छ । मन्त्रालयले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को अनुसूची-२ को क्र.सं. १४ अनुसार यस्तो निर्णय गरेको हो,’ सूचनामा भनिएको छ ।

सम्पूर्ण सरकारी, संस्थान, संघ प्रदेश र स्थानीय तहका सवारी साधनहरुमा आगामी २०७९ फागुन मसान्तसम्म अनिवार्यरुपमा इम्बोस्ड नम्बर प्लेट जोडसक्नु पर्ने मन्त्रालयले निर्णय गरेको हो ।

सो अनुसार नजिकको यातायात व्यवस्था कार्यालयमा गई राजश्व विवरण तिरी इम्बोस्ट नम्बर प्लेट जडान गर्न सकिन्छ । काठमाडौं उपत्यकाको हकमा यातायात व्यवस्था कार्यालयमा गई राजस्व बुझाएपछि यातायात व्यवस्था विभाग मिनभवनमा गई नम्बर प्लेट जडान व्यवस्था गरिएको छ ।

८ मंसिर २०७९, बिहीबार १४:५५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading