25, Apr, 2024

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु, एकजना गम्भीर घाइते

Bagmati Voice
संवाददाता
१२ जेष्ठ २०८०, शुक्रबार १६:३१ | ११ महिना अगाडी

जनकपुरधाम । सप्तरीको छिन्नामस्ता गाउँपालिका ३ स्थित राजविराज-सखडा सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा स्थानीय जोगिन्द्र शाहका १८ वर्षीय छोरा श्याम कुमार यादव र रघुवर खंगका ३० वर्षीय छोरा विकास कुमार खंग छन् दुर्घटनामा सोही ठाउका २३ वर्षीय अजय कुमार खंग गम्भीर घाईते भएका हुन् ।

राजविराजबाट सखडातर्फ गइरहेको प्र-२-०१-००२ प २५६० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पोलमा ठोक्किदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय सखडाले जनाएको छ । उक्त मोटरसाइकलमै तीनै जना सवार थिए ।

घाइते अजयको स्थानीय क्लिनिकमा उपचार भईरहेको छ । उनको टाउको, हाट र खुट्टामा चोट लागेको छ । मृतक दुबै जनाको शव राजविराज लगिएको छ ।

१२ जेष्ठ २०८०, शुक्रबार १६:३१ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading