25, Apr, 2024

सप्तरीबाट मधेस प्रदेशमा सीके राउतको पार्टीको विजयी सुरूवात, प्रदेश मन्त्री पराजित

Bagmati Voice
संवाददाता
६ मंसिर २०७९, मंगलवार १२:२५ | १ साल अगाडी

जनकपुरधाम । सप्तरी प्रदेशसभा क्षेत्र २ (१) मा मतगणना नसकिँदै जनमत पार्टीका सतिशकुमार सिंह विजयी भएका छन् ।

सुरूदेखि नै अग्रता कायम राखेका सिंहले १४ हजार ३२२ मत पाएका छन् । उनलाई पछ्याइरहेका जसपाका शैलेन्द्र साह ६ हजार ७४९ मतले पछ्याइरहेका छन् ।

यहाँ कुल ३४ हजार ६७८ मत खसेको थियो । अब करिब ६ हजार मतमात्र गन्न बाँकी छ । सिंह प्रतिस्पर्धी साहभन्दा ७ हजार ५७३ मतले अगाडि देखिएकाले जित्ने निश्चित छ ।

पराजित हुने अवस्थामा पुगेका साह मधेश प्रदेशका अर्थमन्त्री हुन् । उनी यही क्षेत्रबाट ०७४ मा विजयी भएका थिए ।

को हुन् सतिश ?

सतिश संसदीय निर्वाचन निजकिएपछि जनमतमा प्रवेश गरेका थिए । उनी तिलाठी कोइलाडी गाउँपालिकाका पूर्वअध्यक्ष पनि हुन् । तत्कालीन राजपाबाट उनी अध्यक्षमा विजयी भएका थिए ।

वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी लोसपाबाट गाउँपालिका अध्यक्षमा चुनाव लडेपनि पराजित भएका थिए ।

६ मंसिर २०७९, मंगलवार १२:२५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading