26, Apr, 2024

सत्ता गठबन्धनसँग वार्ता गर्न एकीकृत समाजवादीले बनायो कार्यदल

Bagmati Voice
संवाददाता
७ चैत्र २०७९, मंगलवार १६:३४ | १ साल अगाडी

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सत्तारुढ गठबन्धनसँग वार्ताका लागि कार्यदल बनाएको छ ।

आज मंगलबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले संघ र प्रदेश सरकार गठन, साझा न्युनतम कार्यक्रम तथा उपनिर्वाचन समेतका विषयमा गठबन्धनमा रहेका दलहरुसँग वार्ता गर्न कार्यदल गठन गरेको हो ।

कार्यदललाई ती विषयमा निर्णय गर्ने अधिकारसमेत दिइएको एकीकृत समाजवादीले जनाएको छ ।

अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदलमा उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल पनि छन् ।

७ चैत्र २०७९, मंगलवार १६:३४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading