24, Apr, 2024

सडक विस्तारको क्रममा भएको झडपमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

Bagmati Voice
संवाददाता
३ बैशाख २०८०, आईतवार १०:२० | १ साल अगाडी

जनकपुरधाम । रौतहटको गढीमाई नगरपालिका ८ स्थित सडक विस्तारको क्रममा भएको झडपमा गोली चलाएको आरोपमा १६ जना पक्राउ परेका छन् ।

शनिवार दिउसो झडपमा चलेको गोली लागेर स्थानीय ५० वर्षीय रामकुमार राय यादवको मृत्यु भएको थियो । स्थानीय निरन्जन राय यादव र प्रताप यादवलाई पनि गोली लागेको छ ।

प्रहरीका अनुसार गोली लागेर घाईते निरन्जन, रामकुमार र अन्य दुई घाइतेको उपचार गरुढास्थित ग्राण्डि अस्पतालमा भइरहेको छ । निरन्जनको अबस्था गम्भीर छ ।

उक्त गोली काण्डमा संलग्न रहेको आरोपमा १६ जना पक्राउ परेका हुन् । रौतहटका प्रहरी प्रवक्ता डीएसपी उमाशंकर यादवले गोली चलाएको आशंकामा १६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिए ।

पक्राउ पर्नेहरुमा रामसेवक राय, लालबाबु यादव, दिनेश यादव, मिथिलेश यादव, विनेश यादव, बच्चा गिरी, श्याम यादव, प्रदीप यादव, उमेश यादव लगायतका छन् । घटनापछि सो गाउँका धेरै व्यक्ति घर छाडेका छन् । हिजैबाट त्यहां ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

मृतक यादवको शव अहिले पनि अस्पतालमै छ । शव आफन्तले बुझेका छैनन् । घटनामा संलग्नमाथि कारबाही र क्षतिपूर्तिको माग राख्दै उनको परिवारले शव नबुझेको बुझिएको छ ।

धोबिनियास्थित साँघुरो बाटोलाई चौडा गर्ने क्रममा वारिपारीका रामइश्वर राय यादव र राजकुमार यादव पक्षबीच भएको झडपमा गोली चलेको थियो । झडपमा रामइश्वर पक्षले गोली चलाएको आरोप लागेको छ ।

३ बैशाख २०८०, आईतवार १०:२० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading