20, Apr, 2024

वैदेशिक रोजगार विभागमा सेवा लिन जाँदा परिचय पत्र अनिवार्य देखाउनुपर्ने

Bagmati Voice
संवाददाता
१२ फाल्गुन २०७९, शुक्रबार ०८:०३ | १ साल अगाडी

काठमाडौं । वैदेशिक रोजगार विभागमा सेवा लिन जाने सेवाग्राहीले परिचय खुल्ने कागजपत्र देखाउनुपर्ने भएको छ । अनावश्यक भीडभाड बढेको भन्दै विभागले सेवाग्राहीलाई सेवा लिन आउँदा आफ्नो परिचय खुल्ने कागजपत्र लिएर आउन एक सूचना जारी गर्दै जानकारी गराएको हो ।

विगत केही दिनदेखि विभागमा नियमित कार्यसम्पादनको सिलसिलामा पीडितको नाममा कानुन, विधि र प्रक्रिया विपरीतका कार्य गर्दै आउने गरेको भन्दै विभागले कडाइ गरेको विभागका निर्देशक कृष्णप्रसाद भुसालले जारी गरेको सूचनामा उल्लेख छ ।

कार्यालय भित्र नाराजुलुस गर्ने, अमर्यादित भाषाको प्रयोग गरी कार्यालयमा आतङ्क मच्चाउने, काम गर्ने वातावरण प्रभावित गर्ने लगायतका कार्य बढ्दै गएको विभागले जारी गरेको सूचनामा भनिएको छ ।

यस्ता अमर्यादित कार्य एवं क्रियाकलापले गर्दा सेवाग्राहीलाई सेवा प्रवाह गर्न समस्या भइरहेको विभागको भनाई छ । विभागले एक एक विज्ञप्ति जारी गर्दै कार्यालयको काम कारबाहीसँग कुनै गुनासो भएमा कानुनी प्रक्रिया बमोजिम गुनासो लिएर आउन भनेको छ ।

कार्यालयको कार्य वातावरणलाई शान्त र सुव्यवस्थित बनाई असम्बन्धित व्यक्तिको प्रवेशलाई व्यवस्थित गर्न विभाग प्रवेशमा केही कडाइ गरिएको विभागले जनाएको छ ।

१२ फाल्गुन २०७९, शुक्रबार ०८:०३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading