24, Apr, 2024

विशाल भट्टराई भन्छन्- गठबन्धनले हात उठाइसक्यो, खोटाङमा एमालेको जित निश्चित

Bagmati Voice
संवाददाता
२८ कार्तिक २०७९, सोमबार ०७:५७ | १ साल अगाडी

खोटाङ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं खोटाङबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विशाल भट्टराईले एमालेको जितलाई कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।

साकेला गाउँपालिकामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले देशैभर एमालेको पक्षमा लहर चलेको बताए । खोटाङको दुई प्रदेश र संघमा एमालेको जित सुनिश्चित भइसकेको उनको भनाइ थियो ।

‘एमालेविरुद्ध एक्ला-एक्लै लड्न नसक्ने दलहरू गठबन्धन गरेर चुनावमा आएका छन् । एमालेसँग सिंगल सिंगल लड्ने पार्टी अब यो देशमा छैन,’ भट्टराईले भने, ‘संसारमा गठबन्धनले राष्ट्र निर्माण गरेको कुनै इतिहास छैन । एमालेमात्र एक्लै राष्ट्र निर्माणको बाटोमा छ । गठबन्धनले हात उठाएर आत्मसमर्पण गरिसकेको अवस्था छ ।’

गठबन्धनको एउटै एजेण्डा एमालेको विरोध गर्नु रहेको भन्दै उनले देश बनाउने अठोट एमालेसँग मात्र भएको दाबी गरे ।

अर्को प्रसंगमा उनले आफू र विपक्षीले खोटाङमा गरेको विकासबारे सार्वजनिक रूपमा बहसका लागि चुनौती दिए ।

२८ कार्तिक २०७९, सोमबार ०७:५७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading