24, Apr, 2024

विद्यार्थीलाई अश्लिल मेसेज पठाउने पोखरा ला ग्राण्डी कलेजका निकालिए चार शिक्षक

Bagmati Voice
संवाददाता
२६ कार्तिक २०७९, शनिबार ११:१४ | १ साल अगाडी

पोखरा । अश्लिल म्यासेज विद्यार्थीलाई पठाउने शिक्षक निकालिएका छन ।

पोखरा ला ग्राण्डी कलेजका ४ जना शिक्षकले वर्षौंदेखि छात्राहरु अश्लिल म्यासेज गर्ने गरेको घटना बाहिरिएको छ । कक्षामा ४ शिक्षकले माफी मागेको र विद्यार्थीले आफ्ना असन्तुष्टि पोखेको एक भिडियो बाहिरिएको छ ।

‘सर भएर विद्यार्थीको छातीको साइज सोध्ने । अहिलेबाट होइन, ४ वर्ष भयो यसरी टर्चर सहेको एक विद्यार्थीले भनेकि छन । उनले थप भनिन्, ‘तिम्रो बडी मिलेको छ, तिम्रो ब्वाइफ्रेन्डलाई थाहा नदिई आऊ किन भन्ने ? ३–४ वर्षबाट मेन्टल टर्चर थियो, कलेज हाप्न मन लाग्ने । आउनै मन लाग्दैन ।’

आफ्नै शिक्षकबाट लगातार अश्लिल म्यासेज आएपछिको दुख पौख्दै थिइन्, ती छात्रा विद्यार्थी । न उनले यतिन्जेल घरमा नै भन्न सकिन्, न कलेजमा नै । अहिले ती छात्राझैं अरु छात्राले पनि यातना भोगेको महसुस गरेपश्चात् सबैजना मिलेर कलेजमा कुरा राखे ।

ला ग्राण्डी कलेजले आफ्ना ४ शिक्षकलाई निष्कासन गरेको छ । विद्यार्थीलाई वर्षौंबाट बारम्बार अश्लिल म्यासेज गरेको पाइएपछि कलेजले शिक्षकहरुलाई निष्काशन गरेको हो । निष्कासन हुने शिक्षकमा प्रवेश गौतम, वसन्त श्रेष्ठ, ज्ञानेन्द्र पौडेल र प्रदीप लम्साल छन् ।

निष्कासन गरिएको बारे बुझ्न कलेजका प्रिन्सिपल किरण केसीलाई सम्पर्क गरेपनि सम्पर्क हुन सकेन । कलेजकी एक छात्राका अनुसार यस घटनालाई बाहिर नल्याउने गरी कलेज प्रशासनले ती शिक्षकलाई निष्कासन गरेको हो । घटना बाहिर आए कलेजको इज्जतमा आँच आउने भन्दै कलेजले ती पीडित विद्यार्थीहरुलाई पनि बाहिर नल्याइदिन आग्रह गरेको छ ।

तर पीडित विद्यार्थीहरु भने निष्कासनले केही नहुने र ती शिक्षकलाई कारबाहीको दायरामा ल्याउनु पर्ने माग राखेका छन् । अहिले ती शिक्षकले पोखरा कलेज अफ म्यानेजमेन्टमा पनि अध्यापन गराउने गरेकाले उनीहरुलाई सार्वजनिक रुपमै कारबाही गर्नुपर्ने पीडित विद्यार्थीहरुको माग छ ।

पीडित विद्यार्थीहरुले शिक्षकले पठाएका अश्लिल म्यासेजको एउटा ‘प्रिजेन्टेसन’ नै बनाएर राखेका छन् । यसलाई कसरी बाहिर ल्याउने भन्ने बारे उनीहरु अहिले नै निर्णयमा भने पुगिसकेका छैनन् । तर त्यसलाई बाहिर नल्याउन कलेज प्रशासनले आग्रह गरिरहेको बुझिएको छ ।

२६ कार्तिक २०७९, शनिबार ११:१४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading