25, Apr, 2024

विकासलाई गति दिन तीनै तहको सरकारबीच वृहत्तर समन्वय बैठक राख्छु: प्रधानमन्त्री प्रचण्ड

Bagmati Voice
संवाददाता
७ चैत्र २०७९, मंगलवार १४:११ | १ साल अगाडी

काठमाडौ । काठमाडौ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकासलाई गति दिन वृहत्तर समन्वय बैठक राख्ने बताएका छन्।

गोरखा क्षेत्र नम्बर २ मा पर्ने पन्थहिटी-कटहरे-हर्मी-साहिलटार सडक आज शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले विकासलाई गति दिन तीनै तहको सरकारबीच समन्वय बैठक गरिने बताए।

‘संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गर्न वृहत्तर बैठक छिट्टै आयोजना गर्दैछु,’ उनले भने, ‘विकासलाई गति दिन गम्भीर छलफल हुन्छ। विकासको मोडालिटीबारे पनि छलफल गरिन्छ।’

उनले सडक बनाएर मात्रै विकास र रोजगारी नहुने भन्दै शिक्षा, स्वास्थ्यलगायत क्षेत्रसँग सडक जोड्न सक्नुपर्ने बताए। उनले जनतालाई सेवा दिएर विश्वास जित्ने संकल्प आफूले लिएको उनको भनाइ थियो।

उनले गोरखा २ बाट गत मंसिर ४ को चुनावमा आफूलाई जिताएकोमा धन्यवादसमेत दिएका थिए।

‘तपाईं गोरखाली दिदीबहिनी तथा दाजुभाइहरू जसले मत दिएर मलाई निर्वाचित गर्नुभयो। सं‌योग म प्रधानमन्त्री बन्ने अवसर पनि जुट्यो। हिजो आएर आफ्नो पुरानो समीकरणसहित केही दल थपिएर मैले फेरि विश्वासको मत प्राप्त गरेको छु। मेरो जिम्मेवारी देशलाई सुशासन, सामाजिक न्याय र समृद्धिको नयाँ अभियानतिर लैजाने र जनताको विश्वास जित्ने संकल्प लिएका छौं,’ उनले भने।

७ चैत्र २०७९, मंगलवार १४:११ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading