28, Mar, 2024

वायुसेवा निगमका व्यवस्थापकहरुको कमजोरीले ‘क्याबिन क्रु’ आन्दोलित, यात्रुलाई सास्ती

Bagmati Voice
संवाददाता
२९ मंसिर २०७९, बिहीबार १५:१९ | १ साल अगाडी

काठमाडौं । नेपाल वायुसेवा निगममा दुई जना एयर होस्टेसको करार नवीकरण नभएपछि त्यहि विषयलाई लिएर क्याबिन ‘क्रु’ आन्दोलनमा उत्रिएका छन् ।

निगम मातहतका नेपाल वायुसेवा क्याविन ‘क्रु’ संघले बिहीबार एक विज्ञप्ति निकाल्दै यसबारे जानकारी दिएको छ । निगम स्रोतका अनुसार बिहीबार क्याबिन ‘क्रु’ले निगम मुख्यालयमा आन्दोलन गर्दा धकेलाधकेलको समेत अवस्था आएको थियो ।

निगममा हरेक ५ वर्षमा क्याबिन ‘क्रु’को करार नवीकरण हुन्छ । यसक्रममा दुई जना एयर होस्टेसको तोकिएको योग्यता नपुगेको भन्दै करार नवीकरण गर्न व्यवस्थापनले नमानेपछि उनीहरु आन्दोलित भएका हुन् । उनीहरुको आन्दोलनका कारण बुधबार र बिहीबारका अन्तर्राष्ट्रिय उडानहरु प्रभावित बनेका छन् ।

निगम स्रोतका अनुसार बुधबार काठमाडौंबाट दोहा र दुबई उड्नु पर्ने जहाजहरु तीन घण्टा डिले गरी उडेका थिए । बिहीबार काठमाडौंबाट साउदीको रियाद र भारतको नयाँ दिल्ली उड्नु पर्ने जहाजहरु समेत क्रुको आन्दोलनका कारण प्रभावित बनेका छन् ।

निगममा १५ वर्ष सेवा गरेका क्याबिन क्रुको सेवा करार नवीकरण नभएको संघको भनाइ छ । जहाज नउड्दा विमानस्थलमा यात्रुहरु भने अलपत्र पर्ने अवस्था आएको छ ।

२९ मंसिर २०७९, बिहीबार १५:१९ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading