25, Apr, 2024

लुम्बिनी प्रदेश सभामा स्वतन्त्रबाट विजयी दीपेन्द्र कुमार पुनमगर माओवादीमै फर्किए

Bagmati Voice
संवाददाता
२० पुष २०७९, बुधबार ११:२९ | १ साल अगाडी

काठमाडौं । रोल्पा क्षेत्र नम्बर १ (२) बाट स्वतन्त्र उम्मेदवारी दिएर लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका दीपेन्द्र कुमार पुनमगर (सिजल) नेकपा माओवादी केन्द्रमा फर्किएका छन् ।

गत मंसिर ४ को निर्वाचनमा तत्कालीन सत्ता गबठन्धनको आधिकारिक उम्मेदवार नेपाली कांग्रेसका अमरसिंह पुनविरुद्ध दीपेन्द्रले स्वतन्त्र उम्मेदवारी दिएका थिए । दीपेन्द्र विजयी पनि बने ।

अहिले उनले माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आत्मालोचना पत्र लेख्दै पार्टीमै फर्किएको बताएका छन् । उनलाई प्रचण्डले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा खादा लगाइदिएर स्वागत पनि गरेका छन् ।

२० पुष २०७९, बुधबार ११:२९ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading